बिहीबार, २८ श्रावण, २०८३

ऊर्जामन्त्री श्रेष्ठले गरे थप तीन नयाँ सल्लाहकार नियुक्त

राष्ट्रिय सन्‍देश संबाददाता, ३ घण्टा पहिले

ऊर्जामन्त्री श्रेष्ठले गरे थप तीन नयाँ सल्लाहकार नियुक्त

२०८३ साउन २८, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले आफ्नो सल्लाहकार समूहलाई पूर्णता दिएका छन् । मन्त्री श्रेष्ठले बिहीबार तीन जना नयाँ सल्लाहकारहरू नियुक्त गरेका हुन् ।

मन्त्रालयका अनुसार आशुतोष तिवारीलाई योजना तथा लगानी सल्लाहकार, रमेश पौडेललाई नीति सल्लाहकार र गणेश कार्कीलाई निजी क्षेत्रसम्बन्धी सल्लाहकारमा नियुक्त गरिएको छ । यसअघि नै मन्त्री श्रेष्ठले विवेक राज कँडेललाई ऊर्जा सल्लाहकारका रूपमा नियुक्त गरिसकेका थिए ।

नयाँ नियुक्तसँगै मन्त्री श्रेष्ठको सल्लाहकार समूहमा ऊर्जा, नीति, योजना तथा लगानी, र निजी क्षेत्रका विषयमा विज्ञता भएका चार जना विशेषज्ञहरू समेटिएका छन् ।

मन्त्रीका सल्लाहकारहरूले सम्बन्धित क्षेत्रका नीति निर्माण, योजना तर्जुमा, लगानी प्रवर्द्धन तथा निजी क्षेत्रसँगको समन्वयलगायतका विषयमा आवश्यक सुझाव र परामर्श दिनेछन् । सबै सल्लाहकारले अवैतनिक रूपमा जिम्मेवारी निर्वाह गर्ने मन्त्रालयले जनाएको छ ।

advertisement_1676553908.gif