राष्ट्रिय सन्देश संबाददाता, ४ घण्टा पहिले
२०८३ साउन २८, काठमाडौँ । पक्राउ परेका पत्रकार किशोर श्रेष्ठको नख्खुस्थित निवासमा प्रहरी टोली फेरि पुगेको छ । एउटा कोठा खानतलासी गर्न छुटेको भन्दै प्रहरी आज पुन: श्रेष्ठको घरमा पुगेको हो ।
यसअघि बिहीबार राति नै प्रहरीले श्रेष्ठको निवासमा छापा मारी कम्प्युटर र ल्यापटपहरू बरामद गरेको थियो । हिजै सम्पूर्ण कारबाही भइसकेको अवस्थामा आज फेरि प्रहरी पुगेपछि श्रेष्ठ परिवार आतंकित बनेको छ ।
अदालतमा रहेका बेला घरमा रहेका छोराछोरीलाई फोन गरेर प्रहरी आएर प्रहरीले ढोका ढकढकाइरहेको श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले बताइन् ।