बिहीबार, २८ श्रावण, २०८३

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले दिए राजीनामा

राष्ट्रिय सन्‍देश संबाददाता, ४ घण्टा पहिले

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले दिए राजीनामा

२०८३ साउन २८, काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् । उनले बिहीबार प्रदेशसभामा सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका हुन् ।

मुख्यमन्त्री शाहले प्रदेशसभाबाटै राजिनामा दिने घोषणा गरेपछि प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामापत्र बुझाएका छन् । मुख्यमन्त्री शाहले प्रदेश प्रमुखको कार्यालय पुगेर आफ्नो राजीनामापत्र बुझाएका हुन् ।

यससँगै सुदूरपश्चिम प्रदेश सरकार गठनको नयाँ प्रक्रिया अघि बढ्ने भएको छ । मुख्यमन्त्री शाहले विश्वासको मत लिने तयारी गरे पनि प्रदेशसभामा आवश्यक बहुमत जुट्ने अवस्था नदेखिएपछि राजीनामा दिने निर्णय गरेका हुन् ।

शाहको राजीनामासँगै अब प्रदेश प्रमुख मियाँले संविधानअनुसार नयाँ सरकार गठनका लागि प्रक्रिया अघि बढाउनेछन् ।

advertisement_1676553908.gif