बिहीबार, २८ श्रावण, २०८३

पत्रकार किशोर श्रेष्ठलाई हिरासतमा राख्न तीन दिनको म्याद थप

राष्ट्रिय सन्‍देश संबाददाता, ३ घण्टा पहिले

पत्रकार किशोर श्रेष्ठलाई  हिरासतमा  राख्न  तीन दिनको म्याद थप

२०८३ साउन २८, काठमाडौँ ।  साइबर ब्युरोमा परेको उजुरीका आधारमा पक्राउ परेका 'जनआस्था' साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ।

अदालतका न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले पत्रकार श्रेष्ठमाथि अनुसन्धान जारी राख्न प्रहरीलाई तीन दिनको म्याद थप गरेको हो।नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले श्रेष्ठलाई बिहीबार ललितपुरको कुसुन्तीबाट नियन्त्रणमा लिएको थियो। उनीमाथि विद्युतीय कारोबार ऐन (साइबर अपराध) अन्तर्गत परेको उजुरीका आधारमा अनुसन्धान भइरहेको बताइएको छ।

advertisement_1676551694.gif