सोमबार, १२ आश्विन, २०८३

राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

२०८३ असोज १२ काठमाडौँ I राष्ट्रिय समावेशी आयोगका कार्यवाहक अध्यक्ष हरिदत्त जोशीले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेका छन् ।

राष्ट्रपतिको कार्यालयमा आयोजित कार्यक्रममा नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरिएको हो ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीले प्रतिवेदन पेश गरिएको जानकारी दिएका छन् ।

advertisement_1676551694.gif