मंगलवार, २ असार, २०८३

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा निलम्बित महानिर्देशकलाई पाँच लाख धरौटीसहित तारेखमा राख्न आदेश

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, २४ मंसिर, २०८२

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा निलम्बित महानिर्देशकलाई पाँच लाख धरौटीसहित तारेखमा राख्न आदेश

२०८२ मंसिर २३, काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललको लागत बढाई सम्झौता गरिएको आरोपमा अख्तियारले दायर गरेको भ्रष्टाचार सम्बन्धी मुद्दामा मंगलबार विशेष अदालतले धरौटीको आदेश गरेको छ ।

फरक फरक प्रतिवादीलाई सोहीअनुरूपको धरौटी आदेश जारी भएको हो । मुख्य आरोपी नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई ५ लाख धरौटी लिएर तारेखमा राख्ने आदेश आएको छ ।

निलम्बित निर्देशक मुरारी भण्डारी १ लाख रुपैयाँ धरौटी लिने आदेश गरिएको छ । न्यायाधीशहरू सुदर्शनदेव भट्ट र डिल्लीरत्न श्रेष्ठले जारी गरेको आदेशमा दुवै प्रतिवादीको बयान तथा मिसिल कागजात अध्ययनपछि अभियोग दाबीमा उठाइएका आरोप गम्भीर प्रकृतिका रहेको उल्लेख छ ।

advertisement_1680627706.gif
अन्य समाचार