मंगलवार, २ असार, २०८३

कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमवर्षा हिमपातको सम्भावना

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमवर्षा हिमपातको सम्भावना

२०८३ असार ०२, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज नेपालमा पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु र पूर्वीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार आज कोशी प्रदेशका केही स्थानहरूमा वर्षाको सम्भावना रहेको छ भने बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ ।

आज दिउँसो देशको हिमाली र पहाडी भू–भागका साथै मधेश र बागमती प्रदेशका तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने प्रक्षेपण गरिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेशका एक–दुई स्थानमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ । यसैगरी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा भने मौसम मुख्यतया सफा रहने र ती क्षेत्रहरूमा तातो हावा चल्ने तथा गर्मी बढ्ने सम्भावना छ ।

रातिको समयमा पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ । कोशी प्रदेशका थोरै स्थानहरू तथा बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा राति पनि मेघगर्जनसहित हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

advertisement_1676553908.gif
अन्य समाचार