बिहीबार, २५ पुष, २०८१

advertisement_1730215456.gif

राजधानीका क्याम्पसमा सुरक्षा सतर्कता बढाइयो।

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, १ चैत्र, २०७९

राजधानीका क्याम्पसमा सुरक्षा सतर्कता बढाइयो।

काठमाडौँ।राजधानीका विभिन्न क्याम्पसमा सुरक्षा सतर्कता बढाइएको छ।स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावलाई  लिएर त्रिचन्द्र क्याम्पस, आर आर क्याम्पस लगाएतका क्याम्पसहरुमा विद्यार्थीहरुबीच झडप भएपछि सुरक्षा सतर्कता बढाइएको हो।स्ववियु चुनावलाई लिएर धेरै दिनदिनै जसो क्याम्पसहरुमा बिबाद र झडपहरु हुने गरेका छन्।कतै चैत्र ५ गते नै चुनाब हुने भएका छन् भने कतै भने बिबादले अनिश्चितता बढेको छ।पहिले भन्दा यसपटकको चुनाबमा भने अलि भिन्दै माहोल देखिएको छ।

त्रिभुवन विश्वविद्यालयले यसपटक आचारसंहिता बनाएर निर्वाचनको प्रचारप्रसारका लागि भित्तेलेखन, पर्चा वितरणलगायतका गतिविधिमा रोक लगाएको छ भने २८ बर्षे उमेर हदको व्यवस्था गरेको छ। यही चैत ५ गते हुने निर्वाचन प्रचारप्रसारका लागि चैत २ गतेसम्मको मात्रै समय तोकिएको छ। त्रिभुवन विश्वविद्यालयअन्तर्गत ६२ वटा आङ्गिक र एक हजारभन्दा धेरै सम्बन्धन प्राप्त क्याम्पस रहेका छन्।

यस पटक स्ववियु निर्वाचनमा पनि सरकार निर्माणमा गठबन्धन गरेका आफ्ना माउ पार्टीको सिको गर्दै विद्यार्थी सङ्गठनहरू पनि  गठबन्धन नै गरेर अघि बढेका छन् । गठबन्धनमा विशेषगरी नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घ, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी) तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले भागबन्डा गरेका छन्। विद्यार्थी सङ्गठनले केन्द्रीय तहमा बैठक बसेर तालमेलको निर्णय गरे पनि क्याम्पस तहमा सक्रिय विद्यार्थीबीच मन नमिल्दा केही क्याम्पसमा भने गठबन्धनको अन्तिम निर्णय हुन सकेको छैन।

उता एमाले निकटको अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले भने अधिकांश क्याम्पसमा एक्लै निर्वाचनमा प्रतिस्पर्धा गर्न लागेको बताएको छ। विद्यार्थी भर्नासम्बन्धी विवादका कारण आधा दर्जन आङ्गिक क्याम्पसको निर्वाचन अनिश्चित बनेको छ। उपत्यकाको त्रिचन्द्र क्याम्पस तथा रत्नराज्यलक्ष्मी क्याम्पसमा तालाबन्दीका कारण निर्वाचन प्रक्रिया अघि बढ्न सकेको छैन भने पाटन संयुक्त क्याम्पस, नेपाल कमर्स क्याम्पस, अमृत साइन्स क्याम्पस लगायतमा पनि समस्या छ। एउटा विवाद साम्य हुनेबित्तिकै अर्को विवाद झिकेर निर्वाचन बिथोल्ने प्रयास भएका कारण यी क्याम्पसमा समस्या थपिएको त्रिविले जनाएको छ।उपत्यका बाहिर पनि पोखराको पृथ्वीनारायण क्याम्पससहित अन्यमा पनि यस्तै विवादका कारण निर्वाचन प्रक्रिया अघि बढ्न सकेको छैन।

त्रिविमा २०१८ सालदेखि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सुरु भएको हो। सुरुका वर्षमा प्रत्येक वर्ष हुने गरेकोमा २०३६ सालपछि प्रत्येक दुई/दुई वर्षको अन्तरालमा निर्वाचन हुँदै आएको छ। त्रिविले २०७३ सालदेखि मिश्रित निर्वाचन प्रणाली अवलम्बन गरेको हो। जसअनुसार सभापति, सचिव तथा कोषाध्यक्ष र ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन तथा उपसभापति र उपसचिव समानुपातिक एवं ५० प्रतिशत सदस्य समानुपातिकबाट चयन हुनेछन् 

राजधानीका क्याम्पसमा सुरक्षा सतर्कता बढाइयो।

advertisement_1676553908.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg