कृष्ण घिमिरे, मंगलवार, ९ फाल्गुन, २०७९
नेपालमा रास्ट्रपतिको चुनाब नजिकिदै जादा देशमा राजनीतिक गर्मि पनि बढ्न थालेको छ। बर्तमान सत्ता गठबन्धन का शिर्ष नेताहरु प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली बीच केहि हप्तामा दर्जन भन्दा धेरै पटक भेटघाटहरु भए तर रास्ट्रपति कसलाई बनाउने भन्ने बिषयमा सहमति हुन् सकेन। एमाले पुष १० को सहमति बाट पछाडी हट्न नसकिने बताउदै आएको छ भने माओबादिले राष्ट्रिय सहमति मा राष्ट्रपति चुनिनु पर्ने नया सर्त अगाडी सारेको छ। प्रचण्ड नेपाली कांग्रेसलाई आफुलाई बिस्वास को मत दिएको ले तेस्को गुन रास्ट्रपति को उम्मेदवार कांग्रेस लाइ दिएर तिर्न लागिरहेको बुझ्न थलिएको छ। माओबादि को भर्खरै सम्मपन्न पदाधिकारी बैठकले गरेको निर्णयले पनि तेस्तै संकेत गरेको देखिन्छ।
अहिले सम्म कसलाई रास्ट्रपति को उम्मेदवार बनाउने भनेर कसैलाई अगाडी भने सारिएको छैन तर रामचन्द्र पौडेल , बाबुराम भट्टराई लगाएतको नाम कांग्रेस तथा माओबादीले अगाडी सारिएका नाम हरु हुन् यद्यपी अहिले सम्म कसैले औपचारिक रुपमा उम्मेदवारको रुपमा कसैको नाममा निर्णय गरेका भने छैनन्। बाबुराम भट्टराई लाइ राष्ट्रपति बनाउदा राम्रो हुने बिषय भारतीय हरुले सुझाएको कुरा भारतीय विदेश सचिब नेपाल भ्रमण मा आउदा चर्चा मा आएको थियो। माओबादिले त्यसको जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई दिने निर्णय सोमबार मात्र निर्णय गरेको छ। एमाले ले भने कसलाई राष्ट्रपति मा उठाउने अहिले सम्म मुख नाखोलिरहेका बेला माधब नेपाल लाइ के पी ओली ले पार्टी एकीकरण सहित रास्ट्रपति को प्रस्ताब गरेको सोमबार एकाएक संचार माध्यम मा आएको छ। यसले राष्ट्रपति को निर्वाचन को बिषयलाइ अझ रोचक बनाइदिएको छ।
एमाले ले माधब नेपाललाई रास्ट्रपति को रुपमा अगाडी सार्दा माओबादि लाइ अप्ठेरो पर्न सक्ने देखिएको छ।प्रचण्डले कांग्रेसलाई रास्ट्रपति को बचन दीइसकेका छन् एस्तो अवस्थामा राजनीतक मोड कुन रुपमा अगाडी बढ्ने हो हेर्न बाकि छ। माधब नेपालले ओलीको तेस्तो प्रस्तावलाई कसरि लिने हुन् त्यो त आगामी दिनमा उनले लिने कदमले बताउला तर रास्ट्रपति को उम्मेदबारको रुपमा कहिँ नाम नआएका माधब नेपालको समेत नाम त्यो पनि एमाले को समर्थनमा आउदा सबैलाई आस्चर्य मात्र होइन पक्ष तथा बिपक्षमा विभिन्न बक्तब्य बाजी हरु आउन थालेका छन्। राष्ट्रपति को चुनावलाई लिएर देश भित्र मातर होइन बाहिरी देशको चासो कानी निकै बढेको देखिन्छ।
भारतीय विदेश साचिब को नेपाल भ्रमण मा राष्ट्रपति को चुनाबको विषयमा चासो राखेका टिका टिप्पणी हरु आएको थिय। भारतको राजनीतिक टिप्पणी कार एस डी मुनि को रास्ट्रपति को बन्नु पर्छ भन्ने सुझाब सहित को ट्वीट ले नेपालमा हुन लागेको रास्ट्रपतिको निर्वाचन मा बिदेशी चलखेल पनि राम्रै बढ्न लागेको यस्ता हस्तक्षपकारी ट्वीट तथा नेपाल भ्रमण मा आएका व्यक्ति हरुको अस्वाभाविक चासो जस्ता गतिबिधि हरुले देखाई रहेका छन् ।उनले चार जनाको नामसमेत प्रस्तावित गरेका छन् । मुनिले प्रस्ताव गरेका नाम हुन्-डा. देवेन्द्रराज पाण्डे, प्राध्यापक लोकराज बराल, भुतपूर्व सभामुख दमननाथ ढुंगाना र पूर्वप्रदेश प्रमुख अनुराधा कोइराला। उनले राष्ट्रिय सहमति मा यी व्यक्तिहरुलाई रास्ट्रपति मा चुन्नु पर्ने सुझाब छ।
यसरी यो व्यक्ति लाइ राष्ट्रपाटीमा चुन्नु पर्छ भनेर अभिव्यक्ति दिनु नेपाल माथि लिइएको अस्वाभिबिक चासो को रुपमा लिन सकिन्छ।यसलाई चिर्न नेपालीहरु ले आफैले निर्णय गरेर सके सहमति मा नसके निर्वाचन गरेरै भए पनि रास्ट्रपति को निर्वाचन मा आफुले रोजेका व्यक्ति लाइ उम्मेदवार बनाउनु पर्छ र रास्ट्रपति मा निर्वाचित गर्नु उचित हुने छ।