राष्ट्रिय सन्देश संबाददाता, ९ घण्टा पहिले
२०८२ चैत्र १५, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता दीपक खड्कालाई पक्राउ गरेको छ । जेनजी आन्दोलनका क्रममा घरभरि पैसा भेटिएका खड्का पक्राउ परेका हुन् ।
यसअघि भदौ २४ गते उनको निवासमा भएको आगजनी घटनापछि नेपाली रुपैयाँसहित विभिन्न विदेशी मुद्रा फेला परेको थियो । सोही प्रकरणसँगै उनीमाथि नेपाल स्काउटको जग्गा हिनामिना गरेको आरोपसमेत लागेको छ ।
घटनाबारे थप अनुसन्धान जारी रहेको सीआईबीले जनाएको छ भने पक्राउसँग सम्बन्धित थप विवरण आउन बाँकी रहेको छ।