बिहीबार, १० बैशाख, २०८३

राष्ट्रपतिद्वारा वैशाख १७ गतेका लागि संघीय संसद्को अधिवेशन आह्वान

राष्ट्रिय सन्‍देश संबाददाता, २० घण्टा पहिले

राष्ट्रपतिद्वारा वैशाख १७ गतेका लागि संघीय संसद्को अधिवेशन आह्वान

२०८३ बैशाख ०९, काठमाडौं ।राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको बैठक आह्वान गरेका छन्। राष्ट्रपति कार्यालयका अनुसार आगामी वैशाख १७ गते सोमबार दिउँसो २ बजे बस्ने गरी प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गरिएको हो।

नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उक्त बैठक आह्वान गरेका हुन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संसद्को आगामी अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

बैठकमा विशेष गरी आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम र अन्य महत्वपूर्ण विधेयकहरूमाथि छलफल हुने अपेक्षा गरिएको छ । संविधान अनुसार जेठ १५ गते सरकारले बजेट ल्याउनुपर्ने व्यवस्था भएकाले त्यसअगावै संसद्को बजेट अधिवेशन सुरु हुन लागेको हो ।बैठक मिति: २०८३ वैशाख १७ गते:दिउँसो २:०० बजेको लागि  आह्वान गरिएको छ। 

advertisement_1680627706.gif