मंगलवार, १३ आश्विन, २०८३

ट्रम्पद्वारा इरानी युद्धविरामको प्रस्ताव अस्वीकृत: अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल अकासियो, सेयर बजार प्रभावित

राष्ट्रिय सन्‍देश संबाददाता, १० घण्टा पहिले

ट्रम्पद्वारा इरानी युद्धविरामको प्रस्ताव अस्वीकृत: अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल अकासियो, सेयर बजार प्रभावित

२०८३ असोज १२ काठमाडौँ I अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानद्वारा अघि सारिएको सात दिने युद्धविरामको प्रस्ताव अस्वीकार गरेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पुनः उकालो लागेको छ ।

युद्धविरामको खबरले गत शुक्रबार दुई प्रतिशतभन्दा बढी घटेको तेलको मूल्य आज १.८ प्रतिशतले बढेर प्रतिब्यारेल १०६.१९ अमेरिकी डलर पुगेको छ । विश्वव्यापी ऊर्जा आपूर्तिमा आएको यो धक्काले मुद्रास्फीति बढाउने चिन्ता थपेको छ भने यसको प्रत्यक्ष असर विश्वका विभिन्न सेयर बजारहरूमा समेत परेको समाचार संस्था एएफपीले जनाएको छ ।

गत साता संयुक्त राष्ट्रसङ्घको महासभामा इरानले सात दिने युद्धविरामको रणनीति अघि सारेको थियो, जसको मुख्य उद्देश्य मध्यपूर्वको महत्त्वपूर्ण ऊर्जा मार्ग 'हर्मुज जलमार्ग' पुनः खोलेर विश्वव्यापी तेल आपूर्ति सहज बनाउनु थियो । यद्यपि, ह्वाइट हाउस बाहिर बोल्दै राष्ट्रपति ट्रम्पले तत्कालका लागि उक्त प्रस्ताव स्वीकार्न नसकिने स्पष्ट पारे ।

यद्यपि उनले अमेरिका र इरानबीच आजैदेखि अप्रत्यक्ष वार्ता पुनः सुरु हुन सक्ने संकेत भने दिएका छन् । इरानले हर्मुज जलमार्ग खोल्नका लागि आफ्ना रोक्का गरिएका सम्पत्ति फुकुवा, तेल निर्यातमाथिको प्रतिबन्ध फुकुवा र अमेरिकी नौसैनिक नाकाबन्दीको अन्त्य हुनुपर्ने शर्तहरू अघि सारेको छ ।

advertisement_1676551537.gif