राष्ट्रिय सन्देश संबाददाता, ४८ मिनेट पहिले
२०८३ असोज १२ काठमाडौँ Iनेपाली कांग्रेसले आफ्नो १५ औं महाधिवेशनको घोषित मिति केही दिन पर धकेल्ने तयारी गरेको छ। अविरल वर्षा र बाढीपहिरका कारण जनजीवन प्रभावित हुनुका साथै क्षेत्रीय अधिवेशनहरू समेत रोकिएपछि पार्टीले महाधिवेशन सार्ने तयारी थालेको हो। यसअघि कांग्रेसले असोज १६ देखि १९ गतेसम्म काठमाडौंको खुलामञ्चमा महाधिवेशनको उद्घाटन गर्ने तय गरेको थियो।
मौसमका कारण उत्पन्न परिस्थितिले राजनीतिक कार्यक्रमहरू प्रभावित भएकाले महाधिवेशनको नयाँ मितिबारे भोलि शीर्ष नेताहरूबीच छलफल हुन लागेको बताइएको छ।,प्राप्त जानकारी अनुसार देशभरका जिल्लाहरूको वस्तुस्थिति अध्ययन गरेर भोलि नै नयाँ सूचना सार्वजनिक गरिने बताइएको छ।
उनले पार्टीको विधान र अदालतको आदेशलाई समेत मध्यनजर गर्दै बढीमा एक साताभन्दा पर नधकेल्ने गरी निर्णय लिइने स्पष्ट पारेका छन्। यता, संस्थापन इतर मानिने पूर्वसभापति शेरबहादुर देउवा समूहले भने आगामी मंसिरमा छुट्टै महाधिवेशन आयोजना गर्ने गरी समानान्तर तयारी अगाडि बढाएको छ।