मंगलवार, १३ आश्विन, २०८३

नेप्से परिसूचक दोहोरो अंकले घट्यो, ५ अर्ब ३८ करोडको सेयर कारोबार

राष्ट्रिय सन्‍देश संबाददाता, १० घण्टा पहिले

नेप्से परिसूचक दोहोरो अंकले घट्यो, ५ अर्ब ३८ करोडको सेयर कारोबार

२०८३ असोज १२ काठमाडौँ I साताको पहिलो सेयर कारोबार दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। यसदिन नेप्से परिसूचक १६.४७ अंकले घटेर २६१३.३३ विन्दुमा अडिएको छ ।

यसदिन ३५७ वटा स्क्रिप्सको  १ करोड ३१ लाख ७८ हजार  १२८ कित्ता सेयर ५ अर्ब ३८ करोड ५७ लाख  ८५ हजार  ४१४ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये ५० वटा स्टक्सको मूल्य बढ्दा २२३ वटाको घट्यो। ६ वटा स्टक्सको मूल्य स्थिर रह्यो ।

सेयर बजार नकारात्मक बन्दा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन । १० प्रतिशत केबीएल डिवेन्चर २०९० को सेयर सर्वाधिक १२.१७ प्रतिशतले बढ्यो।७ प्रतिशत लक्ष्मी सनराइज डिवेन्चर २०९२ को सेयर १० प्रतिशतले बढ्दा ६.२५ प्रतिशत प्राइम बैंक डिवेन्चर २०९३ को ८.८३ प्रतिशतले बढ्यो ।

यसदिन हाथवे इन्भेस्टमेन्ट नेपालको सेयर १०.५८ प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रह्यो। सो कम्पनीले ३५ करोड ८२ लाख १६ हजार ४९५ रुपैयाँको सेयर कारोबार गर्यो । शिवम् सिमेन्टले २९ करोडको कारोबार गर्दा हाथवे इन्भेस्टमेन्ट नेपालले १९ करोड,सिद्धार्थ बैंकले १२ करोड र एसवाई प्यान नेपालले ११ करोडको कारोबार गरे ।

ट्रेडिङ समूहको उपसूचकबाहेक अरु बाँकी समूहको उपसूचक नकारात्मक देखिए। ट्रेडिङ समूहको उपसूचक ०.२३ प्रतिशतले बढ्यो ।

advertisement_1676551646.gif