मंगलवार, २८ आश्विन, २०८२

नेपाल टेलिकमको फाइबर इन्टरनेट देशको ६८ जिल्लामा विस्‍तार

रााष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २२ माघ, २०७९

नेपाल टेलिकमको फाइबर इन्टरनेट देशको ६८ जिल्लामा विस्‍तार

नेपाल टेलिकमको फाइबर इन्टरनेट सेवा देशका ६८ जिल्लामा विस्तार पुगेको छ । टेलिकमले तीन वर्ष अघि मात्रै यो सेवा सुरु गरेता पनि छोटो समयमा ६८ जिल्लामा पुगी सकेको कम्‍पनीले जनाएको छ।

कम्पनीको १९ औं वार्षिक उत्सवको अवसर पारेर कम्पनीले आइतबार आयोजना गरेको कार्यक्रममा बोल्दै कम्पनीका प्रबन्ध निर्देशक सुनिल पौडेलले  कम्पनीले एउटै फाइबरबाट फोन, इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध हुने एफटीटीएच सेवाको योजनालाई देशव्यापी विस्तार गरिरहेको जनाकारी दिए । 

उनले मुलुकका ६८ वटा जिल्लामा विस्तार गरिएको एफटीटीएच सेवा बाँकी अन्य स्थानहरूमा पुर्‍याउने योजना पनि अगाडि बढाइएको बताएका छन् ।

advertisement_1744958411.jpg