मंगलवार, २ भाद्र, २०८३

प्रधानमन्त्री शाह र भारतीय स्थल सेनाध्यक्ष सेठबीच भेटवार्ता जारी

राष्ट्रिय सन्‍देश संबाददाता, ४ घण्टा पहिले

प्रधानमन्त्री शाह र भारतीय स्थल सेनाध्यक्ष सेठबीच भेटवार्ता जारी

२०८३ भदौ ०२, काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भइरहेको छ ।

भारतीय स्थल सेनाध्यक्ष सेठसँग प्रधानमन्त्री शाहको भेट केहीबेरअघि प्रधानमन्त्री कार्यालयमा सुरु भएको प्रधानमंत्रीको सचिवालयले जनाएको छ ।

भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध तथा सुरक्षा र सैन्य सहकार्यसँग सम्बन्धित विषयमा छलफल हुने बताइएको छ ।

प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा नेपाल भ्रमणमा आएका उनलाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथी (सेनापति) को दर्जा प्रदान गरेका थिए । प्रमुख सेठ आइतबार काठमाडौँ आएका थिए ।

advertisement_1676553851.gif