मंगलवार, १५ पुष, २०८२

जाँचबुझ आयोगले पूर्व गृहमन्त्री लेखकसँग थप बयान लिने

राष्ट्रिय सन्‍देश संबाददाता, ८ घण्टा पहिले

जाँचबुझ आयोगले पूर्व गृहमन्त्री लेखकसँग थप बयान लिने

२०८२ पुष १४, काठमाडौँ । जेनजी आन्दोलनमा भएको दमन र भोलिपल्टको विध्वंशबारे जाँचबुझ गर्न गठन भएको आयोगले पूर्वगृहमन्त्री रमेश लेखकसँग थप बयान लिने भएको छ ।

सोमबार बयान सुरु भएको केही घण्टामा लेखकले ‘पार्टीको बैठक छ’ भनेर निस्किएका थिए । त्यसपछि नेपाली काँग्रेसको संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरी आयोगमा पेश गरेको भनाइको लिखित कपी बाँडेका थिए ।

आयोगले उनीसँग बयान बाँकी रहेको भन्दै बुधबारदेखि त्यसलाई निरन्तरता दिने योजना बनाएको हो । उनले केहीबेर बयान चलेपछि पार्टीमा बैठक छ भनेर निस्किएका थिए ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी छवि रिजाल र पूर्व प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले ‘गृह मन्त्रालयको नेतृत्वको समन्वयमा काम गरेको’ भनेर दिएको अभिव्यक्तिमा जाँचबुझ आयोगले लेखकमाथि सोधपुछ र थप जिरह गर्न बाँकी रहेको बताइएको छ ।

आफ्नो भनाइ टाइप गर्ने सहयोगीका साथ आयोगमा पुगेका लेखकले केही प्रश्नहरुको भने जवाफ दिएका थिए । लेखकसँगको बयान सकिएपछि आयोगले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीलाई पत्र पठाउने तयारी गरेको छ ।

advertisement_1680627680.gif