राष्ट्रिय सन्देश संबाददाता, ७ घण्टा पहिले
२०८२ पुष १४, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा),उज्यालो पार्टी नेपालका संरक्षक कुलमान घिसिङ र काठमाडौँ महानगरका मेयर बालेन शाह आगामी निर्वाचनमा सँगै जाने सहमति भएको छ ।
उनीहरूबिच आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सँगै जाने सहमति भएको बताइएको छ । जेन–जी अभियन्ता सुदन गुरुङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा तीन पक्षबीच सहकार्य गर्ने सहमति भएको जानकारी दिएका छन् । उनका अनुसार वैकल्पिक राजनीतिक शक्तिहरूलाई एकै ठाउँमा ल्याउने प्रयासस्वरूप यो सहमति भएको हो । यद्यपि सहमतिका विस्तृत विषयवस्तु, चुनावी तालमेलको मोडालिटी तथा उम्मेदवार चयनबारे भने हालसम्म औपचारिक विवरण सार्वजनिक गरिएको छैन ।
रास्वपा सभापति रवि लामिछाने, बालेन्द्र शाह र कुलमान घिसिङ वार्तामा सहभागी छन् । तीनै नेताबीच छलफलपछि साझा समझदारी बनेको हो ।
पार्टी सभापति रवि र प्रधानमन्त्रीको उम्मेदवार बालेन हुनेगरी यसअघि नै सहमति भइसकेको थियो ।