मंगलवार, १५ पुष, २०८२

कांग्रेस केन्द्रीय कार्यालय पुनर्निर्माणका लागि २५ लाख सहयोग

राष्ट्रिय सन्‍देश संबाददाता, ५ घण्टा पहिले

कांग्रेस केन्द्रीय कार्यालय पुनर्निर्माणका लागि २५ लाख सहयोग

२०८२ पुष १४, काठमाडौँ । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले कांग्रेस केन्द्रीय कार्यालय पुनर्निर्माणका लागि रु २५ लाख आर्थिक सहयोग गरेको छ ।

एसोसिएसनले जेनजी आन्दोलनका क्रममा आगजनी भएको कार्यालयको भवन पुनर्निर्माणका लागि उठाइएको रकम आज यहाँ कांग्रेस कोषाध्यक्ष उमेश श्रेष्ठलाई हस्तान्तरण गरिएको एसोसिएसनका अध्यक्ष दीपक थापाले जानकारी दिए ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सहयोगका लागि एसोसिएसनलाई धन्यवाद दिए ।

सहयोग हस्तान्तरण कार्यक्रममा एसोसिएसन अध्यक्ष थापा, नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष भूवनसिंह गुरुङ, महासचिव महेशकुमार बस्नेतलगायतको उपस्थिति रहेको थियो ।

जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको कार्यालयको हाल मर्मत भइरहेको छ ।

advertisement_1676998982.gif