राष्ट्रिय सन्देश संबाददाता, ५ घण्टा पहिले
२०८२ पुष १४, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच सात बुँदे सहमति भएको छ ।रास्वपा सभापति रवि लामिछाने र उज्यालो नेपालका संरक्षक कुलमान घिसिङबीच आज अबेर साँझ सात बुँदे सहमति भएको हो ।
सहमति हुँदा काठमाडौं महानगरपालिका मेयर बालेन शाह पनि साथमै रहेका थिए । सहमति अनुसार कुलमानलाई रास्वपाको उपसभापति बनाइने छ । सहमतिपत्रमा उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्याय र रास्वपा सभापति लामिछानेले हस्ताक्षर गरेका छन् ।
रास्वपामा पार्टी सभापति रवि र प्रधानमन्त्रीको उम्मेदवार बालेन हुनेगरी यसअघि नै सहमति भइसके पनि आज उपसभापति कुलमानलाई दिने गरी थप सहमति भएको हो ।
