राष्ट्रिय सन्देश संबाददाता, ८ घण्टा पहिले
२०८२ पुष १४, काठमाडौँ । निर्वाचन आयोगमा अहिलेसम्म ९ वटा दलले मात्रै समानुपातिकतर्फको बन्दसूची बुझाएका छन् ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको उम्मेदवारको बन्द सूची बुझाउने आज अन्तिम दिन हो । तर, ४ : ३० बजेसम्म ९ वटा दलले मात्रै बन्द सूची बुझाएको आयोगले जनाएको छ ।
केही दलले भने निस्सा लिइसकेको तर बन्दसूची भने बुजाउन बाँकी राखेका छन् । अहिलेसम्म आयोगमा बन्दसूची बुझाउने दलमा नेपाल मजदूर किसानपार्टी-११० उम्मेदवार, नेपाल लोकतान्त्रिक पार्टी-१२ जना र राष्ट्रिय जनमोर्चा-११० जना छन् ।
जनप्रिय लोकतान्त्रिक पार्टी-१२, नेपाल कम्युनिस्ट पार्टी माक्सवादी (पुष्पलाल)-२०, गतिशील लोकतान्त्रिक पार्टी-११
जनता समाजवादी पार्टी, नेपाल-१०१, समावेशी समाजवादी पार्टी-३१ र समावेशी समाजवादी पार्टी, नेपाल( १२ ले आइतबार नै सूची बुझाएका छन् ।