मंगलवार, १५ बैशाख, २०८३

राष्ट्रिय सभा उपाध्यक्ष भण्डारी र गण्डकी प्रदेश प्रमुखबीच भेटवार्ता

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, १४ बैशाख, २०८३

राष्ट्रिय सभा उपाध्यक्ष भण्डारी र गण्डकी प्रदेश प्रमुखबीच भेटवार्ता

२०८३ बैशाख १४, काठमाडौं । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट र राष्ट्रिय सभाका उपाध्यक्ष लिलाकुमारी भण्डारीबीच आज पोखरामा भेटवार्ता भएको छ । 

प्रदेश प्रमुख निवासमा भएको भेटवार्तामा प्रदेश प्रमुख भट्टले राष्ट्रिय सभामा निर्विरोध निर्वाचित भएकामा उपाध्यक्ष भण्डारीलाई बधाई तथा शुभकामना व्यक्त गरे । 

संघ र प्रदेशबीचको समन्वय तथा सहकार्यमा जोड दिँदै उनले प्रदेशमा कानुन निर्माण प्रक्रिया तथा त्यसको कार्यान्वयन, नीति निर्माणसँग सम्बन्धित विषयहरूमा छलफल भएको बताइएको छ । 

उपाध्यक्ष भण्डारीले प्रदेश मुलुकमा प्राप्त उपलब्धिलाई संस्थागत गर्ने महत्त्वपूर्ण आधार भएकाले प्रदेशको सफलता संघीय लोकतान्त्रिक गणतन्त्रको सफलतासँग जोडिएको धारणा राखिन् । उनले व्यवस्था सुदृढ हुनका लागि प्रदेशहरू सुदृढ हुनुपर्नेमा जोड दिँदै संविधानको पूर्ण कार्यान्वयन तीनै तहका समन्वयमा कानुन तर्जुमा र त्यसको कार्यान्वयनबाटै सम्भव रहने बताइन् । 

advertisement_1676551694.gif
अन्य समाचार