मंगलवार, १७ असार, २०८२

काठमाडौं स्पाइकर्सले भित्र्यायो अर्को नयाँ विदेशी स्टार खेलाडी

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, ९ आश्विन, २०८१

काठमाडौं स्पाइकर्सले भित्र्यायो अर्को नयाँ विदेशी स्टार खेलाडी

काठमाडौं, असोज ९ । काठमाडौं स्पाइकर्सले आगामी वात्सल्य एभरेष्ट महिला भलिबल लिग २०२४ का लागि अन्तर्राष्ट्रिय ख्यातिप्राप्त बायाँ हाते अपोजिट हिटरपेलिन एरोक्टेलाई विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ।

प्रतिभाशाली टर्कीस भलिबल खेलाडी पेलिन एरोक्टे आफ्नो शक्तिशाली अट्याक र बलियो डिफेन्स क्षमताका लागि परिचित छिन्। विश्वव्यापी मञ्चमा आफ्नो खेल प्रदर्शन गर्नउनले धेरै अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा टर्कीको प्रतिनिधित्व गरिसकेकी छिन्। एरोक्टेसँग युरोपियन U16 च्याम्पियनसिप, यूरोपियन U17 च्याम्पियनसिपर विश्व U19 च्याम्पियनशिप जस्ता प्रतिष्ठित टूर्नामेन्टहरूमा राष्ट्रिय टिमबाट खेलेको अनुभव छ । उनले सन् २०२२ मा U18, U19 र U21 मा युरोपियन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दै टर्कीका लागि एक प्रमुख खेलाडीको रूपमा आफ्नो उपस्थिति स्थापित गरेकी छिन्। क्लबस्तरमा टर्किस काडिनलार भलिबल लिग, जुनउच्चतम व्यावसायिक महिला भलिबल लीग साथ साथै उनले टर्की काडिनलर भलिबल लीग, टर्की कप, टर्की काडिनलार वन लिगी र टर्की कादिनलर भलिबल टु लिगी कपमा भाग लिएरटर्कीका शीर्ष टोलीहरूका लागि खेलेको अनुभव समेत हासिल गरिसकेकी छिन्। राष्ट्रिय टिम र क्लबहरू दुवैमा दिएको योगदानका आधारमा उनले BVA U16 मामोस्ट भ्यालुएबल प्लेयर, BVA U17 मा बेस्ट सर्भरर युरोपियन च्याम्पियनशिप U17 मा बेस्ट अपोजिटसहितका व्यक्तिगत अवार्डहरू पनि प्राप्त गरेकी छिन्।

काठमाडौं स्पाइकर्सका सीओओ सुदिक्षा अधिकारीले भनिन्, “बलियो र सन्तुलित टिम निर्माण गर्ने हाम्रो प्रतिबद्धताअनुरुप नै हामीले पेलिन एरोक्टेलाई साइन गरेका हौँ। टिममा उनले बहुमूल्य अन्तर्राष्ट्रिय अनुभव र विजयी मानसिकता ल्याएकी छिन्।यसले लिगमा हाम्रो प्रदर्शनमा सकारात्मक प्रभाव पार्ने हाम्रो विश्वास छ। हामी उनको खेल्ने कलाले हाम्रा स्थानीय खेलाडीहरूलाई कसरी बलियो बनाउँछ भनेर हेर्न तत्पर छौं।”

काठमाडौं स्पाइकर्समा सामेल हुन पाउँदाको आफ्नो उत्साह व्यक्त गर्दै पेलिन एरोक्टेले भनिन्, “यस्तो गतिशील र महत्वाकांक्षी टिमको हिस्सा हुन पाउँदा मैले सम्मानित महशुस गरेको छु। भलिबल मेरो लागि खेल मात्र नभई प्रेम पनि हो। आफ्नो अनुभव नेपाल ल्याएर स्पाइकरहरूलाई उच्चस्तरीय प्रतिस्पर्धाका लागि मद्दत गर्न म तयार छु। मैले एभरेष्ट महिला भलिबल लिगको भावनाको बारेमा पनि धेरै सुनेको छुर म आफ्नो टिमको सफलतामा योगदान दिन र प्रशंसकहरूलाई भेट्न आतुर छु।”

एभरेष्ट वुमन्स भलिबल लिगको यात्रा सुरु हुनै लाग्दा एरोक्टेको आगमनबाट आफ्नो टिम थप बलियो बन्नेमा काठमाडौं स्पाइकर्स विश्वस्त छ। टिमले आफ्नो नयाँ स्टार खेलाडीसँग बलियो प्रदर्शन र अविस्मरणीय क्षणहरूको ठूलो अपेक्षा राखेको छ।

advertisement_1676553908.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif