मंगलवार, १७ असार, २०८२

राष्ट्रपतिले गरे पारालम्पिकमा पदक विजेता पलेशालाई सम्मान

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, १९ भाद्र, २०८१

राष्ट्रपतिले गरे पारालम्पिकमा पदक विजेता पलेशालाई सम्मान

तस्विर: सामाजिक संजाल

काठमाडौं, भदौ १९ । राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारालम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनसहितको टोलीलाई सम्मान गरेका छन्। बुधबार शीतल निवासमा आयोजित एक कार्यक्रमकाबीच पदक विजेता पलेशालाई राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले माला र दोसल्ला ओढाएर सम्मान गरेका हुन्।

सम्मानपछि राष्ट्रपति पौडेलले पलेशालाई शुभकामना दिँदै यसबाट देशको शिर उँचो पार्ने काम भएको र अर्को पटक राष्ट्रले स्वर्ण पदकको अपेक्षा गरेको बताए । सम्मान कार्यक्रममा नेपाली सेनाको एक टुकडीले मङ्गल धुन बजाएर स्वागत गरेको थियो ।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, पदक विजेता पलेशाका बाबु आमा र खेल संघका पदाधिकारीहरुको सहभागिता रहेको थियो।

पलेशाले पेरिस पारालिम्पिक्समा तेक्वान्दोको के ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई पराजित गर्दै काँस्य पदक जितेकी थिइन्।

advertisement_1676553908.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif