राष्ट्रिय सन्देश संबाददाता, आईतवार, २२ चैत्र, २०८२
२०८२ चैत्र २२, काठमाडौं ।सरकारले महान्यायाधिवक्तामा डा. नारायण कँडेललाई नियुक्त गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार कँडेललाई सो पदमा नियुक्त गरेका हुन्।
राष्ट्रपति कार्यालयका अनुसार, नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम डा. कँडेललाई महान्यायाधिवक्ता नियुक्त गरिएको हो। नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेलले आजै शीतल निवासमा आयोजित एक विशेष समारोहका बीच राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
महान्यायाधिवक्ता सरकारको मुख्य कानुनी सल्लाहकारको रूपमा रहने संवैधानिक व्यवस्था छ। सरकारलाई कानुनी राय-सल्लाह दिने र सरकारको तर्फबाट मुद्दा मामिलामा बहस पैरवी गर्ने मुख्य जिम्मेवारी महान्यायाधिवक्ताको हुन्छ।