बुधबार, २५ चैत्र, २०८२

उपसभामुखमा श्रम संस्कृति पार्टीको दाबी

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, २१ चैत्र, २०८२

उपसभामुखमा श्रम संस्कृति पार्टीको दाबी

२०८२ चैत्र २१, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले उपसभामुखमा महिला उम्मेदवार उठाउने बताएका छन् ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत राईले संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको उपसभामुखमा खडा गर्ने बताएका हुन् ।

उनले लेखेका छन्, ‘सभामुख निर्विरोध चयन हुनु भएकोमा बधाइ दिइसक्यौँ अब उपसभामुख चयनको निर्वाचन हुँदैछ ! हामी महिला उम्मेद्वार खडा गर्दैछौँ! हेरौँ नयाँले नयाँलाई भोटहाल्छ कि उही पुरानालाई! ७ भोट आउँछ कि १८९?’

उनले नयाँ भनिएको दलले आफ्नो दलको उम्मेदवारलाई मत दिने विश्वाससमेत व्यक्त गरेका छन् ।

advertisement_1676551646.gif