बुधबार, २५ चैत्र, २०८२

ओली र लेखकलाई ५ दिनभित्र मुद्दा नबुझाए हिरासत मुक्त गर्न सर्वोच्चको आदेश

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, २३ चैत्र, २०८२

ओली र लेखकलाई  ५ दिनभित्र मुद्दा नबुझाए  हिरासत मुक्त गर्न सर्वोच्चको आदेश

२०८२ चैत्र २२, काठमाडौं।सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिट खारेज गर्दै उनीहरूलाई थप म्याद नथप्न परमादेश जारी गरेको छ। न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले सोमबार यस्तो आदेश दिएको हो।

हिजो मात्रै तेस्रो पटक ५ दिनका लागि म्याद थप भएका ओली र लेखकलाई अब सो अवधि सकिएपछि पुनः म्याद थपेर हिरासतमा राख्न पाइने छैन। सर्वोच्चको आदेश अनुसार प्रहरीले ५ दिनभित्र अनुसन्धान सकेर मुद्दा बुझाउनुपर्नेछ।

तोकिएको समयभित्र मुद्दा दर्ता हुन नसकेमा उनीहरूलाई साधारण तारेख वा धरौटीमा छाड्नुपर्ने आदेशमा उल्लेख छ। यसअघि पक्राउ गैरकानुनी रहेको दाबी गर्दै सर्वोच्चमा रिट दायर गरिएको थियो।काठमाडौँ।

advertisement_1680627680.gif