बुधबार, २५ चैत्र, २०८२

प्रतिनिधि सभाको आजको बैठकमा अर्याल प्रतिनिधि सभाको सभामुख चयन भएको घोषणा हुने

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २२ चैत्र, २०८२

प्रतिनिधि सभाको आजको  बैठकमा  अर्याल  प्रतिनिधि सभाको सभामुख चयन भएको घोषणा हुने

२०८२ चैत्र २२, काठमाडौं।प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित बहुउद्देश्यीय हलमा बस्दैछ। आजको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं सांसद डोलप्रसाद अर्याललाई विधिवत् रूपमा सभामुख पदमा निर्वाचित गर्ने कार्यसूची रहेको छ।

सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार बैठकमा 'सांसद डोलप्रसाद अर्याललाई निर्वाचित गरियोस्' भन्ने प्रस्ताव पेश गरिनेछ। अर्याल यसअघि नै उक्त पदका लागि निर्विरोध निर्वाचित भइसकेका छन्।

 रास्वपा सभापति एवं सांसद रवि लामिछाने।समर्थक: सांसदहरू सोविता गौतम, डा. स्वर्णिम वाग्ले र सुनिल लम्साल रहेका थिए। सभामुखमा निर्वाचित भएलगत्तै अर्यालले आफ्नो पार्टीको जिम्मेवारी र साधारण सदस्यबाट समेत राजीनामा दिएको घोषणा गर्ने तयारी छ।

सभामुखको निर्वाचन प्रक्रिया टुङ्गिएपछि नवनिर्वाचित सभामुखले उपसभामुखको निर्वाचनको मिति घोषणा गर्ने कार्यक्रम रहेको छ। निष्पक्ष भूमिका निर्वाह गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार अर्यालले पार्टीसँगको आबद्धता त्याग्न लागेका हुन्।यो निर्वाचनसँगै प्रतिनिधि सभाले आज  नयाँ नेतृत्व पाउने निश्चित भएको छ। 

advertisement_1676551694.gif